पाल्पाको रम्भामा एमाले निर्वाचित

रामपुर - पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा  नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन्। उनी पुनः दोस्रो कार्यकालका लागि  निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का  दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाएका छन्। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत  सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भएकी छन्। उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरे।

अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो। रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो। यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो। यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×