सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ - सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

विशेषगरी यस प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। खासगरि बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढी स्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×