सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा शनिबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ३९७ को नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । एन्टीजेनमार्फत बैतडीका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर तीन जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि शुक्रबार यस प्रदेशमा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा चार जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।