काठमाडौँ - केन्या भ्रमणमा रहेको नेपालले सोमवार घरेलु टोलीबिरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ। नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे केन्याको सामना गर्नेछ।
केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनाका साथ उत्रिनेछ। ३ खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ। पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो।
नेपालले यस अघि केन्याबिरुद्धको ५ खेलको टी-२० अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो।