सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन पार्टीले उपाध्यक्षमै लड भन्यो त्यसैमा चित्त बुझाएँ – सुवास नेम्वाङ

चितवन । नेकपा एमालेका उपाध्यक्ष पदका उमेदवार सुवास नेम्वाङले आफू बार्गेनिङमा विश्वास नराख्ने व्यक्ति रहेको बताएका छन् ।
वरिष्ठ उपाध्यक्षको आकांक्षी हुँदा हुँदै पनि उनले आफ्नो उमेदवारी उपाध्यक्ष पदमा नै दिएका छन् । पार्टीको निर्देशन नै आफ्नो कर्तव्य ठान्ने सुवास नेम्वाङले सुरुमा आफ्नो उमेदवारी वरिष्ठ उपाध्यक्षमा दिने भने पनि पार्टीले उपाध्यक्षमा नै बस्न भनेकाले सोहि पदमा मनोनयन गरेका हुन् ।
मनोनयन पश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन। केपी ओलीलाई अध्यक्षमा राखेर म निर्वाचनमा जान्छु भनेको थिएँ। पार्टीले मलाई उपाध्यक्षमै लड भन्यो, त्यसैमा चित्त बुझाएँ।“
उनले पार्टीको विवाद सडकमा राख्ने विषय नभएको टिप्पणी समेत दिएका छन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×