प्रदेश २ को राजधानी तोकियो, आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अघि बढाइने

धनुषा । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । आज भएको मतदानमा प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यस प्रस्तावको पक्षमा मतदान गरेका थिए । 

सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल रहेका १०४ सांसदमध्ये ७८ जनाले यस पक्षमा मत खसालेको र उक्त मत दुई तिहाइ भन्दा बढी रहेका कारण प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम भएको घोषया गरेका थिए ।  प्रदेशको राजधानी दोस्रो पटकको प्रयासमा कायम भएको हो । २०७८ चैत्र ३ गते मतदान हुँदा राजधानी तोकिन सकेको थिएन । राजधानीको टुंगो लगाएसँगै बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्राप्त जानकारी अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव पनि अघि बढाइने तयारी रहेको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×