भारत। भारतीय टेलिभिजनकी लोकप्रिय हास्यव्यङ्ग कलाकार भारती सिंह र हर्ष लंबाचियाले आफ्ना प्रशंसकहरुलाई चाडै नै खुशीको खबर सुनाउने वाला छन्। दुवैले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै यो कुरा तर्फ इशारा गरेका हुन् कि भारती गर्भवती छिन्। उनी घरबाट धेरै बाहिर पनि निस्किएकी छैनन् र कपिल शर्माको केहि शोबाट पनि उनले ब्रेक लिएकी छिन्। यो कुराको पुष्टि गर्न उनलाई प्रश्न सोधिदा उनले अस्विकार या स्वीकार केहि गरिनन् र भनिन् "न म यो कुरालाई अस्विकार गर्छु न स्वीकार गर्छु। तर, जब सहि समय आउनेछ म खुलेर यसबारेमा बताउनेछु। म यसलाई लुकाउन सक्दिन, यो लुकाउन सकिने कुरा पनि होइन। त्यसैले जब म यो कुराको पुष्टि गर्न चाहनेछु, सार्वजनिक रुपमा गर्नेछु। यसअघि उनले आफुहरुले बच्चाको योजना बनाएको बताएकी थिइन्। यदि यो खबर साँचो हुनेछ भने आउने वर्ष भारती आमा बन्नेछिन्।