म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन: प्रशिक्षकअल्मुताइरी

काठमाडौँ - राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको जानकारि दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरेका छन्।

नेपाल र कुवेत बीचको खेल दौरान अल्मुताइरी बेहोस भएर मैदानमा लडेका थिए। प्राथमिक उपचारपछि उनलाई अक्सिजन दिएर अस्पताल लगिएको थियो।

उनी अहिले अस्पतालबाट डिस्चार्च भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाको फेसबुक पेजमा अल्मुताइरीलाई उद्धृत गर्दै लेखिएको छ, 'आजको खेलको लागि म माफी चाहन्छु। भोलिबाट हामी नियमित तालिकाअनुसार हाम्रो योजनामा अघि बढ्नेछौँ। प्रतियोगिता सकिएपछि म थप चेकअप गर्नेछु।'

एन्फाको त्यही पोस्ट सेयर गर्दै अल्मुताइरीले लेखेका छन्,'म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन। एक टिम, जय नेपाल।'

उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×