अमरगढी नगरपालिकाविरुद्ध स्थानीयवासीको नाराबाजी

धनगढी - डडेलधुराको अमरगढी नगरपालिकाविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन्। नगरपालिका बस्ती नजिकै  डम्पिङ साइड बनाएर दुर्गन्धित बनाएको भन्दै स्थानीय मालमवासी विरोधमा उत्रिएका हुन्।  आइतबार मात्रै स्थानीय २१२ जना स्थानीयले हस्ताक्षरसहित नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए।

७ दिने अल्टिमेटमसहित सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिएका स्थानीय सोमबार नगरपालिका विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।

नगरपालिकाले हाल पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ। सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको हो।

गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केही महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो। तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउँदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको स्थानीयको भनाइ छ।

ज्ञापन पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले फोहोर व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन्। ‘यो भने नेपालकै समस्या हो, रहरले नगरपालिकाले त्यता फालेको हैन। अमरगढीभित्र फोहोर फाल्ने ठाउँ नै देखिँदैन। तर त्यसको लागि पहल भइरहेको छ।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×