काठमाडौं - दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म 'के घर के डेरा'को छायांकन शुरु भएको छ। कमेडी जनरामा बन्ने फिल्ममा सामाजिक विषयवस्तु समेटिने बताइएको छ।
फिल्ममा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। खनालको निर्देशनमा दयाहाङ र विपीन पहिलो पटक काम गर्न लागेका हुन्।
सिंगे लामाको कथा, महेश दवाडीको पटकथा रहेको फिल्म शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको संयुक्त लगानीमा बन्न लागेको हो। फिल्ममा काठमाडौंमा घर भएकाहरू र डेरामा बस्नेहरूको कथा रहने बताइएको छ। जसको सम्पूर्ण छायांकन काठमाडौं मै हुनेछ।