चलचित्र ‘गुलावी’ मा ट्रान्सजेन्डरको कथा

काठमाडौँ - चलचित्र ‘गुलावी’ को छायांकन धम्पुसबाट सुुरु भएको छ। निर्देशक समुन्द्र भट्टको कथा र निर्देशन रहेको चलचित्रको शनिबार कास्कीको धम्पुसस्थित श्री सीता बराह आयर भयर मन्दिरमा शुभमुर्हत पूजासहित छायांकन थालिएको हो।

दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘गुलावी’ मा ट्रान्सजेन्डरको कथा प्रस्तुत गरिदैछ। भद्र भुजेल एसोसिएट निर्देशक रहेको चलचित्रमा संचिता लुईँटेल, नाजीर हुसेन, सुशील सिटौला, बिशाल पहाडि, अनुपम श्रेष्ठ (हट्टी नट्टी, सुक्मित तामाङ (घिसिङ), राजा घोषलगायतका कलाकारले अभिनय गर्ने भएका छन्।

आलोक शुक्लाको छायांकन, रामकुमार श्रेष्ठ र नाजीरको पटकथा, सम्वाद रहेको चलचित्रको निर्माण नियन्त्रण प्रमुख पुष्कर लामा र निर्माण नियन्त्रक यम ओली रहेका छन्। क्यानडामा चलचित्र निर्देशनसम्बन्धी बिशेष अध्ययन गरेकी समुन्द्रले ८ बर्षअघि प्रेमकथानक चलचित्र ‘आधा पेज’ बाट निर्देशकका रुपमा डेब्यु गरेकी थिइन्।

‘गुलावी’ उनको दोश्रो चलचित्र हो। समाजिक कथालाई पर्दामा उतार्न लागेकी भट्टले ‘गुलावी’ चलचित्र मात्र नभइ ट्रान्सजेन्डरको वास्तवीक आवाजसमेत हुने दावी गरेकी छिन्। झण्डै २ साता धम्पुस र पोखराको छायांकन गरिने र बाँकी दृश्य काठमाडौ आसपासमा खिच्ने सेड्युल रहेको ‘गुलावी’ आगामी फागुनमा दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×