काठमाडौँ । आज शुक्रबार पनि नेपाल बारले गरिरहेको आन्दोलनको विरोध गर्दै स्वतन्त्र कानून व्यवसायीले काउन्टर प्रदर्शन गरेको छ । काउन्टर प्रदर्शनमा बारका वकिलहरुको आन्दोलनको विरोध गर्दै आम सर्वसाधारण जनता तथा पीडितहरू पनि सहभागी भएका छन्।

उक्त प्रदर्शनमा विभिन्न नाराहरु सहितका ब्यानरहरु पनि प्रस्तुत गरेका छन् । 'कानूनी सर्वोच्चता कायम गर!', 'स्वतन्त्र न्यायपालिका, हाम्रो चाहना!', 'विधिको शासन कायम गर!', 'दबावको शासन अन्त्य गर!', 'नेपाल जननी जिन्दावाद, नेपाली जनता जिन्दावाद!', 'जनताका मुद्दा हेर्नै पर्छ, जनताले न्याय पाउनै पर्छ!' लगायतका ब्यानरहरु प्रस्तुत गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाई आफ्ना स्वार्थ पुर्ति गर्ने मनसाय कानुन व्यवसायीहरुको रहेका कारण उनीहरु अर्थहिन आन्दोलन गरिरहेका छन् । व्यक्तिगत स्वार्थका लागि सिङ्गो न्यायपालिकालाई नै ध्वस्थ बनाउन तम्सिएका कानुन व्यवसायीहरुको विरुद्ध स्वतन्त्र कानून व्यवसायी एवं सचेत युवाहरूले आज पनि काठमाडौँको नयाँ बानेश्वर स्थित एभ्रेष्ट होटल अगाडि कडा रुपमा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा सैयौँको संख्यामा आम सर्वसाधारणहरुको उपस्थिति रहेको छ ।

बारको आन्दोलनले हजारौँ जनता न्यायको पर्खाइमा रहेका जनताहरू थप मर्कामा परेको र उनीहरूको मौलिक हकको हनन भइरहेको बताउँदै उनीहरूले तुरुन्तै आन्दोलन फिर्ता लिई न्यायालयलाई शान्तिपूर्ण वातावरणमा फर्काउन पीडितहरूले सुझाव दिएका छन्।