जाइका नेपालको प्रमुख प्रतिनिधिमा अकिमुत्सो अकिबु नियुक्त

काठमाडौँ- जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ। यसअघिका प्रमुख युमिको आसाकुमाको कार्यकाल पूरा हुने बित्तिकै अकिबुलाई नेपाल प्रमुखमा नियुक्त गरिएको जाइकाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि अकिबु जाइकाकै टोकियोस्थित प्रधानकार्यालयमा वरिष्ठ प्रतिनिधिका रूपमा कार्यरत थिए। 

सन् २०२१ देखि जाइका प्रवेश गर्नुभएका उहाँले नियोगका  विभिन्न विभागमा रहेर काम गर्नुका साथै भुटान, म्यान्मा, कम्बोडियास्थित जाइकाको कार्यालयमा प्रमुखको भूमिकासमेत निर्वाह गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ। 

नेपालमा जाइका प्रमुख हुन पाएकामा खुसी व्यक्त गर्दै अकिबुले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’ लाई प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×