बागमती प्रदेश : अर्थ तथा विकास समितिको सभापतिमा सिलवाल र शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा पोखरेल निर्विरोध

काठमाडौँ। बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादु सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन्। प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उहाँहरूलाई स्वतः सभापति घोषणा गरिएको हो। 

दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो। उम्मेदवार दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो। सिलवाल र पोखरेल दुवै जना नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनला थिए। उनीहरू दुवैजना काठमाडौँ निवासी हुन्। दुवै समितिमा सत्ता गठबन्धन र अन्य दलको तर्फबाट भने उम्मेदवारी परेको थिएन। अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×