कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एकको मृत्यु

काठमाडौँ - पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा ५६८ जनामा  संक्रमण भएको पाइएको हो।

बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×