फुटबल खेलाडी अस्मिता अब नाइक ब्राण्डसँग आबद्ध

काठमाडौँ - बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबसँग आवद्ध रहँदै आएकी अस्मिता आलेमगरले  नाइकसँग सम्झौता गरेकी छिन्। उनले विश्वप्रशिद्ध स्पोर्ट्स ब्राण्ड ‘नाइक’ सँग नयाँ सम्झौता गरेकी हुन्। बेलायतको प्रिमियर लिग क्लबमा स्थान बनाएकी नेपाली मूलकी पहिलो फुटबलर अस्मितालाई प्रतिष्ठित ब्राण्ड नाइकले प्रायोजन गरेको हो।

नाइकसँगको सम्झौतामा हस्ताक्षर गर्दै सो कुराको जानकारी गराउन पाउँदा आफूलाई खुसी लागेको भन्दै इन्स्ट्राग्राममा उनले तस्विर सार्वजनिक गरेकी छिन्। विश्वका चर्चित खेलाडीहरुसँग प्रायोजन सम्झौता गर्ने नाइकबाट प्रायोजनको अवसर पाउने खेलाडीमा अस्मिता सम्भवत: पहिलो नेपाली मूलकी महिला हुन्।

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनल्स’ का लागि सन् २०१९ मा स्टकटल्यान्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागी समेत भएकी थिइन्। सन् २००१ मा बेलायतमा जन्मिएकी अस्मिताका पिता अमृत आले क्वीन्स गोरखा सिग्नलका पूर्व गोर्खा सैनिक हुन्। उनका पिता स्क्वास खेलमा नेपालका पूर्व राष्ट्रिय  खेलाडी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×