जेरीको दोस्रो सिरिजमा पनि अनमोल केसी

काठमाडौँ - फिल्म ‘जेरी’ को सिक्वेल ‘जेरी २’ बन्ने भएको छ। सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर फिल्म बनाउन लागेका हुन्।

फिल्मका लागि अभिनेता अनमोल केसी समेत अनुबन्धित भएका छन्। काठमाडौंको मेरियट होटलमा निर्माता सरोज, रामकृष्ण र अनमोलबीच फिल्म अभिनयका लागि कागजी सम्झौता भएको हो। फिल्म हेमराज बिसीले निर्देशन गर्नेछन्।

प्रेमकथामा निर्माण हुने फिल्मको लेखन निर्देशक हेमराजकै हो। अनमोल हेमराजकै निर्देशन रहेको ‘होस्टेल’ बाट अभिनयमा डेब्यु गरेका हुन्।

‘जेरी’ मा अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गरेकी थिइन्। दोस्रो श्रृंखलामा पनि उनी रहने सम्भावना प्रवल छ। निर्माण टिमले केही चरण आनासँग कुराकानी गरिसकेको छ। तर फाइनल हुन बाँकी रहेको छ। 

अनमोलका अन्य फिल्मसँगको छायांकन सेड्युल मिलाएर ‘जेरी २’ सुटिङमा जाने तयारी गरेको निर्माण टिमले बताएको छ। नेपालसहित अमेरिका र अस्ट्रेलियामा यस फिल्मको छायांकन गरिनेछ। फिल्मलाई २०८० सालको दशैंमा रिलिज गर्ने योजना रहेको न्यौपानेले सुनाए।

अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जेरी’ सन् २०१४ मा रिलिज भएको थियो। रोमान्टिक जनरामा बनेको यस फिल्मलाई युवापुस्ताले निकै रूचाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×