काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले शानदार जित दर्ता गरेको छ ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पनले ब्रेन्टफोर्डलाई ४–१ ले पराजित गरेको हो ।
साउथह्याम्पटनका लागि पाँचौँ मिनेटमा बेड्नारिक, ४९ औँ मिनेटमा ब्रोजा र ७० औँ मिनेटमा एडम्सले गोल गरे । ३७ औँ मिनेटमा ब्रेन्टफोर्डका फेर्नान्डेजले आत्मघाती गोल गरे । ब्रेन्टफोर्डका लागि ज्यानेटले २३ औँ मिनेटमा गोल गरे ।
जितपछि साउथह्याम्पटन २० खेलबाट २४ अंकसहित ११ औँ स्थानमा उक्लिएको छ।