‘पृथ्वीराज’ फिल्ममा ५० हजार थान पहिरन प्रयोग

काठमाडौँ - एउटै फिल्ममा ५० थान पहिरन प्रयोग गरियो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पृथ्वीराज’ मा ५० हजार थान पहिरन प्रयोग गरिएको छ। यो फिल्म अत्यन्त बहादुर राजा पृथ्वीराज चौहानको जीवन र वीरतामा आधारित छ।

फिल्ममा अक्षयले एक महान योद्धाको भूमिका निभाएका छन्। जसले बेजोड भिजुअलका साथ भारतमा आक्रमण गर्ने निर्दयी मोहम्मद घोरीबाट देश बचाउन साहसपूर्वक लडेको कथा समेटेको छ।

यो कुनै आश्चर्यको कुरा होइन कि फिल्मको लागि ५० हजार भन्दा बढी पोशाकहरू सिर्जना गरिएको थियो। त्यसबेलाका राजाहरूले लगाउने पगडी, आम जनता र विभिन्न पेशाका मानिसहरूले ठ्याक्कै नक्कल गरेर बनाएका थिए। टर्बान स्टाइल विशेषज्ञहरू पनि सेटहरूमा उपस्थित थिए, र प्रत्येक पटक हाम्रा कलाकारहरूले उनीहरूको निरीक्षणमा पगडी लगाएका थिए।

यो फिल्मका निर्देशक डा. चन्द्रप्रकाश द्धिवेदीले भने, ‘हाम्रा कस्ट्युम डिजाइनरले फिल्मका लागि ५० हजार भन्दा बढी वेशभूषाहरू हातले बनाएका थिए। उनी आफ्नो टोलीसँग राजस्थानबाट मुम्बई आएर सबै वेशभूषाहरू सुरुदेखि नै तयार पारेका थिए।’ 

यो फिल्मको ’boutमा अभिनेता अक्षय कुमारले भनेका छन्, ‘विरलै कुनै फिल्मले यति ठूलो परिमाणमा काम गर्छ कि सधैं सम्झिनेछ। सम्राट पृथ्वीराज चौहानको जीवनमा आधारित यस फिल्मको हरेक पक्षलाई अत्यन्त इमानदारी, सत्यता र सम्मानका साथ प्रस्तुत गरिएको छ।’ उनले थपे,‘सम्राट पृथ्वीराजको जीवनीलाई ठूला पर्दामा सम्भव भएसम्म सबै भन्दा राम्रो तरिकाले जनतासामु ल्याउने चाहना भएकाले हामीले चलचित्र निर्माण गर्दा स–साना कुरामा ध्यान दिएका छौं।’

बिश्व सुन्दरी मानुषीले यो फिल्ममो मुख्य भूमिका निर्वाह गरेकी छिन्। फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा जुन ३ मा रिलिज हुने तयारीमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×