काठमाडाैँ - बलिउड अभिनेत्री सोनाली बेन्द्रेले अभिनय क्षेत्रमा पुनरागमन गर्ने भएकी छिन्। यसलाई उनले ओटीटी प्लेटफर्म रोजेकी छिन्।
सन् २०१८ मा क्यान्स भएको पुष्टि भएपछि उनी उपचारका लागि न्यूयोर्क प्रस्थान गरेकी थिइन्। त्यही वर्षको अन्त्यमा क्यान्सरमुक्त भएपछि उनी भारत फर्किएकी थिइन्। भारत फर्किए पनि उनी अभिनयमा फर्किएकी थिइनन्। अहिले भने उनी लामो समयपछि पुनः एक पटक अभिनयमा फर्किएकी छिन्।
निकट भविष्यमै प्रसारण आउने वेब सीरीज ‘द ब्रोकन न्यूज’ मार्फत सोनाली अभिनयमा फर्किन लागेकी हुन्। यो सीरीज सन् २०१८ को लोकप्रिय बेलायती वेब सीरिज प्रेसको हिन्दी संस्करण हुनेछ।
सोनाली बेन्द्रेले इन्स्टाग्राममार्फत आफू अहिले पनि प्रसंस्करण गरिरहेको कुरा शेयर गरेकी छिन्। उनले सेटमा पुनः आउनु, क्रियटिभ प्रोसेसमा फिर्ता हुनु, सह अभिनेता र निर्देशकसंग कुराकानी गर्नु र पात्रमा रमाउनु अति नै रमाइलो लागेको पनि बताएकी छिन्।
‘हामीले एकसाथ धेरै काम गरेकाले अहिले यी सबै आफ्नो परिवार जस्तो लाग्छ। मलाई प्रारम्भदेखि नै यो शोको कन्सेप्ट मन पथ्र्यो र मलाई यसमा गर्व छ, उनले भनेकी छिन्।
द ब्रोकन न्यूजलाई विनय भाइकुलले निर्देशन गर्दैछन्। यो सीरीजको कथा मुम्बईस्थित दुई प्रतिद्वन्दी समाचार च्यानलमा आधारित छ।