सहिद स्मारक ‘बी’ : सरस्वती युथ क्लबको तेस्रो जित

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले तेस्रो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज (मंगलबार) भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित निकालेको हो।

खेलको ४५औं मिनेटमा गोल गर्दै सनम धिमालले सरस्वतीलाई सुरुवाति अग्रता दिलाए। ५१औं मिनेटमा मध्यपुरका सजिन थापा मगरले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। तर, दोस्रो हाफको इन्जुरी टाइममा कुमार डोंगले गोल गर्दै सरस्वतीलाई जित दिलाए।

जितसँगै ५ खेलबाट ११ अंक जोडेको सरस्वती लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चर्च ब्वाईज र श्री भगवती क्लबले समान १० अंक जोडेपनि दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×