उत्तरी इरानमा बस पल्टिँदा ३ जनाको मृत्यु, १६ घाइते

एजेन्सी - उत्तरी इरानमा मङ्गलबार राजमार्गमा बस पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको इरानी विद्यार्थी समाचार एजेन्सीले जनाएको छ।

सो  दुर्घटनामा तीन यात्रु, (दुई महिला र एक पुरुषको) गम्भीर चोटका कारण मृत्यु भएको छ भने अन्य १० पुरुष र छ महिला घाइते भएको जञ्जन प्रान्तका ट्राफिक प्रहरी कमाण्डर मोहम्मद अली अजिमीले आईएसएनएलाई जानकारी दिएका छन् ।

बस उत्तरपश्चिमी सीमावर्ती शहर बजारगानबाट राजधानी तेहरानतर्फ जाँदै गर्दा जान्जान–ताब्रिज राजमार्गमा सो गाडी पल्टिएको आजीमीले बताएका छन् ।
 चालकको थकान र निद्राले गर्दा सो दुर्घटना  भएको बताइएको छ ।तबनाक समाचार एजेन्सीका अनुसार बसमा टर्कीको पहाडबाट फर्केका इरानी पर्वतारोहीहरू सवार थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×