काठमाडौँ - राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘नम्बरी सुन’मा गौरव पहाडी अनुबन्ध भएका छन्। आगामी माघ २० बाट छायांकनमा जाने फिल्मको शीर्ष भूमिकामा गौरव पहाडीले औपचारिक सम्झौता गरेका हुन्।
७० वर्षअघिको ऐतिहासिक सामाजिक कथामा बन्ने भनिएको यो फिल्ममा नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती ओलीलगायत कलाकारले अभिनय गर्ने छन्।
सिनेमाबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी यही फिल्ममार्फत कमब्याक गर्दै छन्। सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहने छ।
फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियारको स्वर समावेश गरिने निर्देशक राजु गिरीले बताएका छन्।