काठमाडौँ - बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'दृश्यम २' को ट्रेलर सार्वजनिक भएको छ। दृश्यमको पहिलो भागमा १ परिवार एकअर्काको सुरक्षाको लागि कुन हदसम्म जान सक्छन् भन्ने देखाइएको थियो। ‘दृश्यम २’ मा पहिलो भागकै कहानीलाई निरन्तरता दिइएको छ।
विजय सालगांवकर र उनको परिवारसँग सम्बन्धित मुद्दा बन्द भएको ७ वर्षपछि पुनः खोलिएको छ। अजयले फिल्मको ट्रेलर सार्वजनिक गर्दै ट्विटरमा लेखेका छन्, ‘शब्दमा होइन, दृश्यमा ध्यान देऊ। किनकी शब्दमा झुट लुकाउने ठाउँ भेटिहालिन्छ।’
अभिषेक पाठकले निर्देशन गरेको फिल्ममा अजयसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायत कलाकारको अभिनय रहेको छ। सुधिरकुमार चौधरीले छायांकन गरेको फिल्मलाई सन्दीप फ्रान्सीले सम्पादन गरेका हुन्। फिल्ममा भुषण कुमार र कृष्ण कुमारकाे लगानी रहेको छ।
याे फिल्म नाेभेम्बर २८ अर्थात मंसिर २ गतेदेखि प्रदर्शन हुनेछ।