राप्रपा जुलुसले तोड्यो निषेधित क्षेत्र, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुले निषेधित क्षेत्र तोडेको छ । काठमाडौंको विभिन्न ठाउँबाट र्‍यालीसहित भृकुटीमण्डपमा जम्मा भएको जुलुस अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा माइतीघरतर्फ अघि बढेको हो ।

सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले केही सेल अश्रुग्यास साथै पानीको फोहोरा प्रहार गरेको छ ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जनाका लागि जनप्रदर्शन गरेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×