भारत। बलिउड अभिनेत्री यामी गौतमको आउँदो चलचित्र ‘अ थर्सडे’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रमा उनी मुख्य भूमिकामा रहेकी छिन्। चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो।
‘अ थर्सडे’ चलचित्र 'अ वेडनसडे’को सिक्वल चलचित्र हो। यामीले चलचित्रमा ‘नेगेटिभ’ भूमिका निभाएकी छिन्। उनले चलचित्रमा एक किन्डरगार्डेन विद्यालयकी शिक्षिका ‘नैना’को भूमिका निभाएकी छिन्। जसले आफ्नै विद्यालयका १६ बच्चालाई बन्धक बनाउँछिन्।
चलचित्र यही फेब्रुअरी १७ मा ओटिटि प्ल्याटफर्म डिज्ने प्लस हटस्टारबाट प्रदर्शनमा आउदैछ। चलचित्रमा बेहजाद खन्बाटाको निर्देशन रहेको छ। चलचित्रमा यामीका साथै डिम्पल कपाडिया, नेहा धुपिया, अतुल कुलकर्णी आदि कलाकारहरुको अभिनय रहेको छ।
ट्रेलर: