माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पुनः बस्ने भएको छ । दुई दिनदेखि जारी पदाधिकारी बैठक आज (बिहीबार) लागि पनि बस्ने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे उक्त बैठक बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार मंगलबार र बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेश गरेका थिए भने समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

त्यस्तै उक्त बैठकमा देशका सातै प्रदेशका पार्टी इञ्चार्जहरूले जारी जनतासँग माओवादी रूपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए ।

यद्यपि आज बस्ने बैठकमा केन्द्रीय समितिको बैठक आह्वान र विधान सम्मेलनबारे छलफल तथा आधिकारिक निर्णय हुने बताइएको छ । यसका साथै पार्टी विधान सम्मेलनको मिति तय गर्नेसमेत बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×