बझाङमा केदारस्युँ गाउँपालिका पहिलो

काठमाडौँ - बझाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका प्रथम भएको छ। 

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ पहिलो नम्बरमा देखिएको हो। प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३.६ प्रतिशत अङ्क पाएको छ। सुर्मा ६९.९३, छविस पाथिभेरा ६९.११, दुर्गाथली ६८.४७, थलारा ६६.८८, तलकोट ६५.७४, साइपाल ६५.४९ र बुङ्गल नगरपालिकाले ६१.९३ अङ्क पाएका छन्।

यसैगरी, मष्टा गाउँपलिका ५६.६८, जयपृथ्वी नगरपालिका ५६.४९, खप्तडछान्ना गाउँपालिका ५६.१० र वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएका बताइएको छ। जिल्लामा सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएको छ। यही मूल्याङ्कनका आधारमा आयोगले आव २०७९-८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ। 

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×