जेसस चम्कँदा आर्सनलको लगातार दोस्रो जित

काठमाडौँ - गाब्रीएल जेससले दुई गोल गर्दै दुई गोललाई असिस्ट गरेपछि आर्सनलले प्रिमियर लिगमा शनिबार राति लेस्टर सिटीलाई ४-२ ले पराजित गरेको छ।

घरेलु मैदानमा एमिरेट्समा जेससले खेलको २३ र ३५ मिनेटमा गोल गरेका थिए ।यस्तै ग्राइन्ट जाकाले ५५ र गाब्रिएल मार्टिनेलीले ७५ मिनेटमा गोल गरेका थिए। यो दुवै गोलका लागि जेससले नै सहयोग गरेका थिए।

लेस्टरका जेम्स म्याडिसनले १ गोल गरेका थिए। आर्सनलका विलियम सालिबाले आत्मघाती गोल गरेका थिए। लगातार दोस्रो जितपछि आर्सनल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

आर्सनलले पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×