भारत। बलिउड अभिनेत्री नोरा फतेही कोरोना संक्रमणबाट बाहिर आएकी छिन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन्।
उनले इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै लेखेकी छिन् "साथीहरू, अन्ततः मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तपाईहरू सबैको प्राथना र मायाले भरिएको संदेशका लागि धन्यवाद। यो एकदम कठिन थियो। म काममा फर्किदैछु ताकी म आफ्नो फुर्ति फेरी पाउन सकूँ र यो वर्ष अझ जोशका साथ बाचूँ। यसैबिच तपाईहरू सुरक्षित रहनुहोला।
