आईसीसी यू–१९ महिला टोलीलाई पाकिस्तानको सहयोग

काठमाडौँ - आईसीसी यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीलाई पाकिस्तानको राजदूतावासले सोमबार क्रिकेट खेल सामाग्री सहयोग गरेको छ।

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर साहले नेपाली यू–१९ महिला टोलीलाई १६ थान क्रिकेट खेल सामाग्री प्रदान गरेका हुन्। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायत पदाधिकारीको उपस्थिति रहेको थियो। 

नेपाली टोलीले मलेसियामा जुन ४ बाट छनोट प्रतियोगिता खेल्ने भएको छ। जहाँ नेपालले मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतारविरुद्ध प्रतिस्पर्धा गर्नेछ। 

प्रतियोगिताका लागि यसअघि नै १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ। उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिका मरासिनीलाई कप्तान नियुक्त गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×