सागकी स्वर्ण विजेता सन्जु मृत फेला

काठमाडौँ -  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छिन्। नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले ललितपुरको लुभुस्थित संजय महर्जनको घरमा  खेलाडी सञ्जु मृत भेटिएको जानकारी दिएका छन्।

प्रशिक्षक महर्जनको घरमा आयोजित रात्री भोजमा सामेल भएकी उनी बिहान मृत भेटिएकी हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। उनी एसियाली खेलकुदको तयारीका लागि केहि दिन अगाडि आएकी  थिइन्। 

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिस रचेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×