ऋतिक रोशनले दान गरे आफ्नो दुर्लभ रगत

भारत। बलिउड अभिनेता ऋतिक रोशनले हालै सामाजिक सञ्जालमा आफ्नो एक तस्विर शेयर गरेका छन्। तस्विरमा ऋतिकले रक्तदान गरिरहेको देख्न सकिन्छ। उनले तस्विरको क्याप्सनमा लेखेका छन् "मलाई बताइयो कि मेरो ब्‍लड ग्रुप बी-निगेटिभ धेरै नै दुर्लभ छ। अस्पतालमा अक्सर यसको कमी हुने गरेको छ। म संकल्प लिन्छु कि यि धेरै महत्‍वपूर्ण ब्‍लड बैंकको सानो नै सहि म सदस्य बन्नेछु।"

 ऋतिकले कोकिलाबेन अस्‍पतालका डाक्टरहरुलाई धन्यवाद समेत दिएका छन्। उनले पोस्टको अन्त्यमा लेखेका छन् "के तपाईलाई थाह छ रक्तदान गर्नु खासमा दान गर्नेको स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ?"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×