काठमाडौं । भारतको गोवास्थित पानाजीमा स्कुटर चोरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । अल्टिन्हो पानाजीका ५० वर्षीय दामोदर नाइकको उजुरीका आधारमा प्रहरीले विशाल गुरुङ र वसन्त मिजारलाई पक्राउ गरेको हो ।
उनीहरुले अल्टनिहोको खुला जमिनमा पार्किङ गरेर राखिएको ९८ हजार भारु पर्ने इलेक्ट्रिक स्कुटर चोरी गरेको आरोप लागेको छ । प्रहरीले अनुसन्धानका क्रममा टेक्निकल सर्भिलेन्स र सीसीटीभी फुटेजका आधारमा उनीहरुलाई पहिचान गरी पक्राउ गरेको टाइम्स अफ इन्डिया जनाएको छ ।
१९ वर्षीय दुवै युवक पक्राउ परेको र चोरिएको स्कुटर पनि बरामद गरिएको प्रहरी अधिकारी विजयकुमार चोदान्करले बताएका छन् ।