फिल्म 'मीलन'को ‘अलि अलि पिएपछि’ बोलको गीत सार्वजनिक

काठमाडौँ - सलोन बस्नेत अभिनीत फिल्म 'मीलन'को गीत सार्वजनिक भएको छ। टेक पौरखी राई निर्देशित फिल्म ‘मीलन’ को आइटम गीत सार्वजनिक भएको हो।

सोमबार फिल्ममा समावेश ‘अलि अलि पिएपछि’ बोलको गीत सार्वजनिक गरिएको हो। बबिना किराँती र कृष्ण केसीको स्वर रहेको गीतमा शब्द तथा संगीत टेक पौरखी राईको रहेको छ। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापालाई देख्न सकिन्छ। 

यसअघि फिल्ममा समावेश ‘तिम्रो इसारा काफि छ’ बोलको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ।

प्रविन थापा निर्माता रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

राहुल राईले छायांकन गरेको फिल्मलाई तारा किम्बे थापाले सम्पादन गरेका हुन्। यो फिल्म मंसिर ९ गतेदेखि प्रदर्शन हुनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×