कुलमान घिसिङ पनि चुनाव लड्ने संकेत

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने आकांक्षा देखाएका छन्। उनी प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफलमा रहेका नेताहरुले बताएका छन्। 

माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको बताएका हुन्। दाहालले माओवादीसँग भएको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसकुराको संकेत दिएको बताएका छन्। यद्यपी घिसिङले कहाँबाट चुनाव लड्ने भन्ने विषयमा भने छलफल भइरहेको जानकारी महेश्वर दाहालले दिए। घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ। तर उनी काठमाडौँ ३ वा रामेछाप मध्य कहाँबाट उठ्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी रहेको दाहालले जानकारी दिए।

माओवादीले लोकप्रिय उम्मेदवार उठाएर काठमाडौंमा प्रभाव बढाउने रणनीति बनाएको छ। माओवादीको गत केन्द्रीय समिति बैठकमा सहरी क्षेत्रमा पार्टी कमजोर भएको भन्दै विशेष योजना बनाउनुपर्नेमा नेताहरुले नेतृत्वलाई सुझाव दिएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×