पाल्पाको कुमाल बस्तीमा खानेपानीको समस्या

पाल्पा - ‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका–३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै छ। यहाँ ११० परिवार कुमाल जातिको बसोबास छ। खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या छ।

कुमाल बस्तीको तल्लो भागमा मुहानबाट चौबिसैघण्टा पानी बगिरहेको छ। पानीको व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको स्थानीय शर्मिला कुमाल बताउँछिन्। अध्ययन गर्ने बालबालिकाले अधिकांश समय पानीकै लागि समय खर्चिनुपरेको छ। “पढाइ गर्न समयै नै हुँदैन”, उनले भनिन्। पानी डोकोमा बोक्नुपर्ने बाध्यता छ।

मुहानबाट बगेको पानी व्यवस्थित गरी अस्थायी धारा निर्माण गरिएको छ। अस्थायी धाराबाटै स्थानीय बासिन्दाले काम चलाएका छन्। कुवाको पानी ग्रागीमा बोकेर लैजाँदा आधा घण्टा जति समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीय बैंकाले कुमालले बताइन्।

लिफ्ट प्रणालीबाट खानेपानीको वितरणको व्यवस्था गर्नुपर्ने स्थानीयबासीको माग छ। विसं २०५४ मा कुमाल बस्तीमा खानेपानीको धारा जडान गरिएको थियो। टोलटोलका धारा विस्थापित भएपछि बस्तीमा खानेपानीको असुविधा भएको हो। प्रदेश सरकारको रु १० लाख सहयोगमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण र पाइप खरिद कार्य सम्पन्न भएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए। एक घर एक धारा जडानका लागि काम अन्तिम तयारीमा रहेको वडाध्यक्ष दर्लामीले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×