कांग्रेसभित्र तरंग: देउवा निवासमा आफूनिकट नेताको गोप्य बैठक, महामन्त्रीद्वय बाहिर

काठमाडौं, पुस २० — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आइतबार आफूनिकट पदाधिकारी तथा नेताहरूको बैठक बसेको छ। आगामी निर्वाचन र पार्टीभित्र देखिएका आन्तरिक विवादका विषयमा राय लिन सभापति देउवाले बैठक बोलाएका हुन्।

बैठकमा सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ। तर, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाइएको छैन।

महामन्त्रीद्वयले वैशाखमा महाधिवेशन गर्ने गरी केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको कार्यतालिकामा असहमति जनाउँदै आएका छन्। उनीहरू ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विधानको धारा १७ (२) अनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

एक पदाधिकारीका अनुसार सभापति देउवाले आगामी चुनावको रणनीति, पार्टीको संगठनात्मक अवस्था र आन्तरिक मतभेदका विषयमा आफूनिकट नेताहरूसँग छलफल र सुझाव लिन बैठक आयोजना गरेका हुन्।

महामन्त्रीद्वयलाई बैठकमा नबोलाइनुले कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वबीचको दूरी अझ स्पष्ट देखिएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×