नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (Overdraft) कर्जाको सीमा दोब्बर वृद्धि गर्दै ५० लाखबाट १ करोड रुपैयाँ पुर्याएको छ।
यो निर्णय राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीति २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा मार्फत लागू गरिएको हो।
अब बैंक तथा वित्तीय संस्थाहरूले एक व्यक्तिलाई अधिकतम १ करोडसम्म अधिविकर्ष कर्जा उपलब्ध गराउन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार यो व्यवस्था आर्थिक गतिविधि सहज बनाउन र वित्तीय अभिगमलाई विस्तार गर्न लक्षित गरिएको हो।