ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९००ले घटेर ९२ हजार ६०० तोकिएको छ । सुन अधिल्लो दिन प्रतितोला ९३ हजार ५००मा कारोबार भएको थियो  ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ले घटेर एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ ।  अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×