साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौँ आइपुग्यो

काठमाडौँ - यही भदौ २१ गतेदेखि आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौँ आईपुगेको छ।

पाकिस्तानी टिम आइतबार राति नै काठमाडौँ आइपुगेको हो। टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा)का सदस्य सरिला श्रेष्ठ र मनिष जोशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

पाकिस्तान ‘समूह ए’ मा छ। यस समूहमा साविक विजेता भारत, बंगलादेश र माल्दिभ्स रहेको छ। आयोजक नेपालसहित भुटान र श्रीलंका ‘समूह बी’ छन्। भुटानको टिम यसअघि नै नेपाल आइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×