जिम्बावे ‘ए’ विरुद्ध एकदिवसीय क्रिकेट खेल्ने नेपाली टिम घोषणा

काठमाडौँ- जिम्बावे ‘ए’ सँगको तीन खेलको एकदिवसीय सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि मैदान कीर्तिपुरमा हुने सिरिजका लागि १६ सदस्यीय एकदिवसीय टिम घोषणा गरेको हो।

टिममा सुसन भारी, विनोद भण्डारी, सुनील धमला र किशोर महतोले पुनरागमन छन्। यस्तै युवा अलराउन्डर आदिल अन्सारी पहिलो पटक एकदिवसीय टिममा परेका छन्।

जिम्बावेको टिम राष्ट्रिय टिमपछिको दोस्रो रोजाइको टिम हो। टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन्।

एकदिवसीय सिरिज भोलिदेखि सुरू हुँदैछ। पहिलो एकदिवसीय खेल वैशाख १७ मा हुनेछ। त्यसपछि १९ गते दोस्रो र २१ गते तेस्रो एकदिवसीय खेल हुनेछ।त्यसपछि टी-२० सिरिज हुँनेछ। टी-२० सिरिज वैशाख २३ मा सुरू हुनेछ। टी-२० खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम शोव, किशोर महतो, सुनील धमला, सुसनी भारी, आदिल अन्सारी।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×