इङ्ग्लिस प्रिमियर लिग: चेल्सीको दोस्रो हार

काठमाडौँ - साउथह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इङ्ग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दोस्रो व्यहोरेको छ।

घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले १-१ गोल गरेका थिए। यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३ औं मिनेटमा अग्रता लिएका थिए।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा रहेको छ। चेल्सी ७ अंक जोडेर आठौं स्थानमा रहेको छ। यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो। क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १-१ गोलको बराबरी खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×