काठमाडौँ - सत्ता गठबन्धनको आज आइतबार बसेको बैठकले एमसिसी सम्लाझौता ढिला नगरी पारित गर्ने निर्णय गरेकोमा एकीकृत समाजवादीले भने फरक मत राखेको छ।
गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भने सम्झौतामाथि अझै केही समय लिएर विचार गर्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष नेपालले सम्झौता आजै पारित गर्न नहुने प्रस्ताव राखेका छन्। उनले भने, 'यस विषयमाथि पार्टीमा थप छलफल गर्नुपर्छ। आजै पारित नगरौँ।'
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सहमति बनिरहे आजकै दोस्रो बैठकले एमसिसी पारित गर्ने जानकारी दिएका छन्।