यस्तो छ अमिताभ बच्चनको ‘झुण्ड’को तेस्रो दिन सम्मको व्यापार

काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चनको नयाँ चलचित्र ‘झुण्ड’ मार्च ४बाट प्रदर्शनमा आएको हो। सो बायोग्राफिकल स्पोर्ट्स ड्रामा चलचित्रले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। व्यापारको कुरा गर्दा चलचित्रले प्रदर्शनमा आएको दोस्रो दिन अर्थात शनिबार २ करोड १० लाखको व्यापार गरेको छ।

त्यसैगरि चलचित्रले पहिलो दिन १ करोड ५० लाख बटुलेको थियो भने तेस्रो दिनमा करिब १.५ देखि २ करोडको कमाई गरेको छ।  जसअनुसार चलचित्रले ३ दिनमा करिब ५ करोड ६० लाख कमाएको छ। चलचित्रमा नागराज मञ्जुलेको निर्देशन रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×