एजेन्सी - रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ। युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन्।
नयाँ भिडियो सन्देशमा उनले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने उल्लेख गरेका छन्। रुसले आक्रमण गरेको पाँचौ दिनमा उनले रुससँग लड्नका लागि आफूलाई सजिलो हुने र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए।
उनले भिडियो सन्देशमा भनेका छन्, “अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ।”
अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको र आफूहरु निकै अप्ठेरो अवस्थामा रहेको पनि ४४ बर्षीय राष्ट्रपति जेलिन्स्किले सन्देशमा उल्लेख गर्नुभएको छ । युरोपेली सवै देशहरुसँग आफू मिलेर काम गर्न र सँगसगै रहन चाहेकोमा उहाँले जोड दिनु भएको छ ।