काठमाडौँ - अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार घटनामा परी कम्तीमा एकजनाको मृत्यु भएको छ। घटनामा परी अरू १२जना घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालयबाहिर स्थानीय समयानुसार राति १ः४५ मा घटना भएको हो। घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई छातीमा गोली लागेको थियो।