ए डिभिजन लिग : सातदाेबाटाे सँग एपीएफ स्तब्ध

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदाेबाटाे युथ क्लबले विभागीय टाेली एपीएफलाई हराएकाे छ। आज शुक्रवार भएकाे दाेस्राे खेलमा सातदाेबाटाेले एपीएफलाई चार–एक गाेल अन्तरले हराएकाे हाे। 

सातदाेबाटाेकाे जितमा मार्टीन्स कायाेदी अजयी​ले ह्याट्रिक गरे। मार्टिन्सले खेलकाे ४२ औँ, पहिलाे हाफकाे इन्ज्युरी समयकाे अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गाेल गर्दै ह्याट्रिक पूरा गरे। त्यस्तै सुशील राईले खेलकाे ५० औँ मिनेटमा गाेल गरे। यसैबीच मार्टिन्स याे संस्करणकाे लिगमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी बनेका छन्। 

एपीएफका लागि खेलकाे ४८ औँ मिनेटमा विकी तामाङले सान्त्वना गाेल गरे। याे जितसँगै सातदाेबाटाे तीन खेलमा सात अङ्कसहित अङ्क तालिकाकाे शीर्षस्थानमा उक्लिँदा एपीएफ भने अङ्कविहीन हुँदै पुछारमा छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×