भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ - साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेकाे छ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई १-० गाेलले हराएको हो। नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन्। घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरेकी थिइन्।

भारतमाथि नेपालकाे याे ऐतिहासिक जित हाे। नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेकाे हाे। याेसँगै नेपाल पाँचौँ पटक फाइनलमा पुग्दा भारत भने पहिलो पटक फाइनल पुग्न सकेन। भारत यसअघिका सबै संस्करणको विजेता हो।

नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहाेरेको छैन। समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ। पहिलाे सेमिफाइनलमा भुटानलाई ८-० गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे हाे। फाइनल खेल साेमवार बेलुकी ५ बजेबाट सुरु हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×