शाहरुख खानको फिल्म ‘जवान’ मा विजय सेतुपति पनि हुने

काठमाडौँ - बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन्। अभिनयमा कमब्याकको यो समय उनको हातमा ‘पठान’, ‘जवान’ लगायत प्रोजेक्ट छन्। जसको एकपछि अर्काे गर्दै घोषणा भइरहेका छ।
उनी अहिले ब्यस्त रहेको प्रोजेक्ट मध्येको एक ‘जवान’ पनि हो। यो फिल्म घोषणा समय देखिनै चर्चा छ। फिल्ममा उनको अपोजिटमा साउथकी लेडी सुपरस्टार नयनतारा छिन्।

‘जवान’ मा अहिले साउथ सुपरस्टार विजय सेतुपति भित्रिएका छन्। रिपोर्टका अनुसार उनी कलाकार राणा दग्गुबातीको ठाउँमा भित्रिएका हुन्। दग्गुबाती अन्य प्रोजेक्टमा ब्यस्त भएर समय दिन नसक्ने भएपछि विजय भित्रिएको बताइएको छ।

फिल्मका निर्देशक एटली हुन्। उनी तमिल फिल्मका निर्देशक हुन्। फिल्ममा शाहरुखका साथ दीपिका पादुकोण,  सान्या मल्होत्रा, सुनील ग्रोवर लगायतको मुख्य भूमिका रहनेछ। रेड चिली प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको ‘जवान’ का निर्माता गौरी खान हुन्। फिल्मको रिलिज मिति २ जुन २०२३ बताइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×